दफा १२
दायित्व (चार्ज) तथा प्रतिबन्ध सम्बन्धी पाना
(१) मुख्य किताबमा समाविष्ट भागको दायित्व
तथा प्रतिबन्ध सम्बन्धी पानामा सम्बन्धित पानी जहाजमा त्यसको केही भाग माथि दायित्व
लगाउने बन्धकी इत्यादिको हक, ती हकहरु माथिको प्रतिहक, भाडा (किराया) का करारहरू,
प्रयोग र उपभोग गर्न पाउने हक, खरीद गर्ने प्राथमिकताको हक र साथै पानी जहाजको
बेचबिखन गर्नमा लागेका सबै प्रतिबन्धहरु जनाइने छन्।
(२) प्रत्येक समाविष्ट भागमा सो भागमा जनाइएका कुराहरुको पुष्टि गर्ने सबै लिखतहरु
हुनेछन्र ती लिखतहरुलाई मिलाई राखिनेछ ।